सञ्चार क्षेत्र :

प्रेस चौतारी पर्साको अधिवेशन असोज १२ गते हुने, महासचिवको बिज्ञप्ती प्रति आपत्ती प्रकट

शनिबार, भदौ ३०, २०८०

वीरगंज । प्रेस चौतारी नेपालको आजको बैठकले असोज १२ गते छैठौ अधिवेशन गर्ने निर्णय गरेको छ ।

National medical suchna

शाखा उपाध्यक्ष तुल्सी भण्डारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारीको अधिवेशन नेपाल पत्रकार महासंघको सभा हालमा गर्ने निर्णय भएको सचिव राजेन्द्र सिंहले जानकारी दिनु भयो । 

बैठकले मदेश प्रेशका महासचिवले जारी गरेको बिज्ञप्ती प्रति ध्यानाकर्षण भएको ठहर गरेको छ ।

प्रेस चौतारी नेपाल पर्सा शाखाले नेपाल पत्रकार महासंघको सदस्यता  सुद्धिकरण तथा नयाँ सदस्यता बितरण गर्ने कार्यको यस अघि स्वागत गरिसकेको अवस्थामा प्रदेशका महासचिवले प्रदेशको अन्य पदाधिकारीहरु संग समन्वय नै नगरी गैर जिम्मेवार तरिकाबाट निकालेको बिज्ञप्तीबाट आफनो गम्भीर ध्यानाकर्षण भएको तथा आपती प्रकट गरेको छ ।

साथै सो निर्णय सच्याउनका लागि मधेश प्रदेश कमिटीलाई अनुरोध पनि गरेको छ । आजको बैठकले शाखा उपाध्यक्ष तुल्सी भण्डारीको संयोजक्त्वमा तयारी समिति पनि गठन गरेको छ ।

तयारी समितिको सदस्यमा कविता खडका, राजेन्द्र सिंह, संतोष पटेल, मोहमद सदाब्ब, राकेश साह, पन्नालाल साह,राजन रौनियार,राजन कुमार सिंह,कृष्ण कुशवाहा,एस.के चौरसिया,नितेश कर्ण, प्रकाश तिवारी रहेका छन ।

बैठकमा प्रेस चौतारीका मधेश प्रदेश ईन्चार्ज कमल उपाध्याय,जिल्ला ईन्चार्ज शत्रुधन नेपाल, केन्द्रिय पारषदद्धय अनुप तिवारी, सुष्मा शर्मा, मधेश प्रदेश सचिव ग्यासु मिया देवान, सदस्य आशिक अंसारी, श्याम कुशवाहा, चौतारी पर्साका पुर्व सचिव संजिव मिश्र, सदस्य तिवारी यादवको सहभागिता रहेको थियो भने प्रेस चौतारी नेपालका पदाधिकारीको भारी मात्रामा उपस्थीति रहेको सचिव राजेन्द्र सिंहले जानकारी दिनु भयो ।

बैठकले चौतारी पर्सामा अब्द्ध हुनका लागि ईच्छुक लाई नया सदस्यता बितरण तथा  सदस्यता नबिकरण समय असोज ०२ गते देखि ०५ गते सम्म निर्धारण पनि गरेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  २२:०३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय