भन्सार छली :

भन्सार छली भित्रयाइएको १ हजार किलो चिनी बरामद

शुक्रबार, भदौ २९, २०८०

वीरगञ्ज । अवैध रुपमा भन्सार छली भित्रयाइएको भारी मात्रामा रहेको चिनी पर्सा प्रहरीले बरामद गरेको छ । 

National medical suchna

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालीका स्थीत बजार एरीयामा रहेको एक गोदाम बाट लुकाई छिपाई राखेको अवस्थामा १ हजार किलो चिनी बरामद गरेको हो । 

भन्सार छली चोरी पैठारी गरि चिनी भण्डारण गरि राखेको विषेश सुचनाको आधारमा प्रहरीले १ हजार किलो चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रव्क्ता एवम प्रहरी नायव उपरिक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

बरामद चिनीको बजार मुल्य १ लाख रहेको र थप आवश्यक कार्यवाहीको लागी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी थापाले बताए । 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय