सुरक्षा :

बाल सुधार गृहमा यातना दिएको भन्दै बालकैदीले नाइकेलाई कुटे,११ जना घाईते

बुधबार, भदौ २७, २०८०

वीरगन्ज — वीरगन्ज महानगरपालिका–४, विर्तास्थित बाल सुधार गृहमा मंलगबार रातभरि तनावग्रस्त बनेको छ ।

National medical suchna

केही दिन अगाडि मात्र भक्तपुरबाट पठाइएका बालकैदीले यहाँका नाइकेलाई कुटपिट गरेपछि विवाद सुरु भएको थियो ।स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले आश्रुग्यास प्रहार गर्नुपरेको थियो ।

प्रहरी उपरीक्षक कोमल शाह नेतृत्वको टोलीले राति स्थिति नियन्त्रणमा लिएको थियो । ११ जना घाइतेको नारायणी अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक शाहले केही दिन अगाडि भक्तपुरबाट यहाँ पठाइएका बाल कैदीबन्दीले सामान्य कुरामा पनि विवाद झिकिराखेको दाबी गरे ।

‘मंगलबार राति करिब ८ बजेको समयमा नाइकेलाई भक्तपुरको टोलीले कुटेपछि विवाद सिर्जना भएको थियो,’ एसपी शाह भन्छन्, ‘नाइकेलाई किन कुटेको भन्दै अर्को पक्षका बालकैदी बन्दीले प्रतिकार गरेपछि विवाद भएको थियो ।

’दुई पक्षबीच कुटाकुट भएपछि प्रहरीले स्थिति नियन्त्रण लिन खोज्दा भित्रबाट प्रहरीमाथि ढुंगामुढा गरिएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले आश्रुग्यास प्रहार गरेको एसपी शाहले बताए ।वीरगन्जको बालसुधार गृहमा हाल १ सय ४९ बालकैदी बन्दी रहेका छन् ।

भक्तपुरको बाल सुधार केन्द्रमा भएको विवादपछि यहाँ पठाइएका बालकैदीले सुरुदेखि विवाद गर्न खोजेको प्रहरीले जनाएको छ ।

मंगलबार रातिको झडपमा घाइते भएका ११ जना मध्ये १० जना भक्तपुरको टोली रहेको एसपी शाहले जनाए ।

बालकैदी बन्दीहरुले सुधार गृहमा बासी खाना खुवाएको, यातना दिएकोलगायतका गुनासा सञ्चारकर्मीसँग गरेका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय