पर्सा प्रहरीद्वारा भन्सार छलीका लाखौको समान बरामद

वीरगन्ज,२८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलीका सामग्री बरामद गरेको छ । प्रहरी चौकी बसपार्क, अस्थाई प्रहरी पोष्ट ईनर्वा, प्रहरी चौकी ईनर्वा, ईलाका प्रहरी कार्यालय छपकैया र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विभिन्न स्थानबाट १ लाख  हजार मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो । 

National medical suchna

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीकाअनुसार भारतबाट अवैध रुपमा ल्याइएका विभिन्न सामग्री बरामद गरिएको हो ।

चोलोको थान कपडा ५ थान, नेटको कपडा ५ थान, सुरुवालको कपठा १ थान, कुर्ता सुरुवाल २० पिस, गोल्डेन ओक २८ पिस, ९६ किलोग्राम चिनी, मोटरसाइकलको ट्युब ६२ पिस र विभिन्न मोबाइलका पार्टपूर्जा १ झोला बरामद गरिएको डिएसपी गिरीले बताए । 


त्यस्तै कस्तुरी रक्सी ५५ बोत्तल र ३ थान थानको कपडा पनि बरामद गरिएको छ । बरामद सामग्रीलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको डिएसपी गिरीले बताए । 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय