सुरक्षा :

२६ लाख नगदसहित आन्तरिक राजस्व कार्यालयका अधिकृत पक्राउ

सोमबार, भदौ २५, २०८०

नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित नेपाल सरकारका एकजना कर्मचारी पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । 

National medical suchna

विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा आज बिहान ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए । 

सापकोटा बिहान ८ः४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं आउँदै थिए ।  सापकोटासँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए । उनी भने फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय