खेलकूद :

हरितालिका तीजको अवसर पारेर आयोजित अन्तर-बैंक महिला फुटबल टुर्नामेन्ट जारी

शनिबार, भदौ २३, २०८०

बीरगंज - हरितालिका तीजको अवसर पारेर नेपाल राष्ट्र बैंक कर्मचारी संघ वीरगञ्ज समितिले एक साता सम्म अन्तर-बैंक महिला फुटबल टुर्नामेन्ट संचालन गरिरहेको छ।

National medical suchna

यही भदौ २२ देखि ३० गतेसम्म नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालय भित्र रहेको खेलमैदानमा हुने अन्तर-बैंक महिला फुटबल टुर्नामेन्टको एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक अजित रेग्मीले उद्घाटन गरेका थिए। 

उद्घाटन पश्चात् भएको ६ वटा खेलहरुमा नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई २-०, नेपाल एस.बी.आई. बैंकले नेपाल बैंकलाई २-०, कुमारी बैंकले सिटिजनस् बैंकलाई २-०, नबिल बैंकले ग्लोबल आइएमइ बैंकलाई ५ गोल र एन.आई.सी. बैंकलाई २-०, लक्ष्मी सनराइज बैंकले सिद्धार्थ बैंकलाई २-०, प्राइम कर्मर्सियल बैंकलाई २-० को गोल अन्तरले पराजित गरेको थियो ।

नबिल बैंकको तर्फ बाट हैट्रिक ३ गोल अन्सिका जोसिले गरेकि थिइन भने प्लेयर अफ द मैच सुशमा गिरि १ गोल र आरती कुमारी १ गोल गरेकी थिन ।

कार्यक्रममा कर्पोरेट डेभलपभेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विपिन राज पोखरेल र नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका उपाध्यक्ष तुलसी राम बानिया लगाएत रहेका थिए ।

कार्यक्रमको अध्यक्षता वीरगञ्ज समितिका अध्यक्ष नरेश कुमार सर्राफले गरेका थिए ।

उक्त प्रतियोगिताको मुख्य प्रायोजक कर्पोरेट डेभलपभेन्ट बैंक, प्रायोजक ग्लोबल आई.एम.ई. बैंक र एन.आई.सी. एसिया बैंक तथा सह-प्रायोजक लक्ष्मी सनराइज बैंक, नबिल बैंक र राष्टिय्र वाणिज्य बैंक रहेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  २१:३५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय