महानगर :

वीरगंजमा अब मेट्रिक प्रणालीमा आधारित घर नम्बर

सोमबार, भदौ १८, २०८०

वीरगंज - वीरगंज नगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली (जिआईएस बेस्ड हाउस नम्बरिङ) थालनी गर्न सुरुवात गरेको छ ।

National medical suchna

बढ्दो शहरीकरणसँगै घर संख्या बढ्दै गएकाले नगरवासीका घर सहजै पहिचान गर्न सकियोस भन्ने उद्देश्यले मेट्रिक ठेगाना प्रणालीको सुरुवात गरिएको हो ।  

नगरपालिकालाई व्यवस्थित र स्मार्ट नगरका रुपमा विकास गर्न यो प्रणालीले टेवा पुरयाउने महानगरका प्रमुख राजेशमान सिंहले बताउनुभयो । 

महानगरको आरयूडीपी प्रोजेक्ट अन्तर्गत एडीवीको सहयोगमा यो प्रणाली सुरु गर्न लागिएको हो ।

गणकहरुले आवश्यक तथ्याङक संकलन गरी त्यसका आधारमा मेट्रिक ठेगाना प्रणाली बनाउने गर्छन् ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर–१० आदर्शनगरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैंक रहेको भवनमा महानगर प्रमुख सिंहले नम्बर प्लेट टाँस गरी मेट्रिक ठेगाना प्रणाली उद्घाटन गर्नुभएको हो ।  

आदर्शनगर चोकदेखि ठाकुरराम क्याम्पस सम्मको सडकलाई पशुपति घोष मार्ग नामाकरण गरि २३० नम्बरको नम्बर प्लेट टाँस गरिएको हो । 
सडकको चोक तथा मिलन विन्दु (दोबाटो र चौबाटो) देखि कुनै निश्चित घरको दूरी (लम्बाई) का आधारमा घरको ठेगाना पत्ता लगाउन सकिने प्रणाली मेट्रिक ठेगाना प्रणाली हो ।

उक्त दूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटोको नाम उल्लेख गरी सोहि आधारमा घर–घरमा नम्बर प्लेट राखिने महानगरका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो ।  

पहिलो चरणमा महानगरको वडा नम्वर १ देखि १६ सम्म जिआईएस बेस्ड हाउस नम्बरिङ गर्नका लागि सर्वे गरि सबै सडकको नामाकरण गर्नुका साथै आवश्यक डाटाबेस तयार पारिसकिएको जिआईएस विज्ञ उमेश कुँवरले बताउनु भयो ।

आवश्यक डाटावेसका आधारमा सडकको सुरु विन्दुबाट दायाँ तर्फ जोर नम्बर र बाँया तर्फ विजोर नम्वर प्रणालीका आधारमा नम्बरिङ गरिने पनि उहाँले बताउनुभयो । 

पशुपति घोष मार्गमा आजै ५५ वटा घरमा नम्बरिङ गरिएको छ ।  १६ वटै वडाको करिब ३३ हजार भन्दा बढी घरमा नम्बरिङ गर्ने गरि तयारी भएको र पहिलो चरणमा कम्तिमा १० हजार घरमा मेट्रिक प्रणालीसहितको नम्बर प्लेट वितरण गर्ने महानगरको लक्ष्य रहेको प्राविधिक सल्लाहकार अमात्यले जानकारी दिनुभयो । 

यो प्रणालीमा सडक÷गल्लीको नाम र दूरीको आधारमा घर नम्बर प्रदान गरिने भएकाले जो कोहीले खोजेको घर सहजै पत्ता लगाउन सक्ने जिआईएस टेक्निसियनसमेत रहेका सब इन्जिनियर अर्चन आचार्यले बताउनुभयो ।

घरसँग जोडिएको सडकको सुरुको बिन्दुदेखि घरको मुल ढोका सम्मको दुरी घरको नम्बर प्लेटमा राखिने भएका कारण घर पत्ता लगाउन सहज हुने पनि उहाँले बताउनुभयो ।

नम्बरप्लेट राख्नुका साथै सडक र गल्लीको नाम र घर नम्बर गुगलमा समावेश गरिने गरि काम भइरहेको हुँदा कोही कसैको पनि सहजै ठेगाना पत्ता लगाउन सकिने छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय