महिला टी-२०

नेपालले निकाल्यो लगातार तेस्रो जित, भुटान ३ विकेटले पराजित

आइतबार, भदौ १७, २०८०

वीरगञ्ज । मलेसियामा जारी आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोट अन्तर्गत नेपालले लगातार तेस्रो जित हात पारेको छ ।

National medical suchna

समूह ‘ए’ अन्तर्गत आइतबार भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो । यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन तथा दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।

आइतबारको खेलमा ४० रनको लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा कविता जोशीले ९ रन बनाउँदा कप्तान रुविना क्षेत्रीले १२ रन तथा सीता राना मगर ८ रन जोडे । पूजा महतो ३ रनमा आउट भइन् । अश्मिना कर्माचार्य, इन्दु वर्मा, सम्झना कुमारी खड्का र कविता कुँवर भने शून्य रनमै आउट भए ।

भुटानका लागि अञ्जली घलेले सर्वाधिक ३ तथा छिरिङ जाङ्मो २, अन्जु गुरुङ र सोनामले विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन जोड्यो । भुटानका लागि डेचेन वाङ्ग्मोले सर्वाधिक २१ रन जोडिन् ।

नेपालका लागि पूजा महतोले सर्वाधिक ३ तथा खुसी डङ्गोल, कप्तान रुविना क्षेत्री र कविता कुँवरले एक(एक विकेट लिए ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई छन् । यस्तै, समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।   

फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय