साह मृत्यु प्रकरण :

घुसपैठिया पठाएर अस्पतालमा तोडफोड गरियो : एल एस न्यूरो अस्पताल

आइतबार, भदौ १७, २०८०

वीरगञ्ज — बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ५ नौतनबहुअरी स्थित रहेको एल एस न्यूरो एण्ड जेनरल अस्पतालले घुसपैठिया पठाएर अस्पतालमा ताडफोड गरिएको बताएको छ ।  

National medical suchna

उपचारको क्रममा गत सोमबार नेशनल मेडिकल कलेजमा मृत्यु भएका बारा जिल्ला विश्रामपुर गाउँपालिका वडा नं ५ निवासी २५ वर्षीय रवि साहको मृत्युलाई आफ्नो रोटी सेक्न एक अस्पतालका संचालक र केही पत्रकारको इसारामा राजनीतिकरण कार्य भइरहेको बताइएको छ ।

गत भदौ ११ गते सोमबार साँझ वीरगंजदेखि कलैया जाने क्रममा मोतिसर चोक स्थित नारायणी प्लाष्टि उद्योग अगाडि सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका गुप्ताको आफन्त नआएपछि बारा प्रहरीले एम्बुलेन्समा राखी उपचारको लागि एल एस न्यूरो हस्पिटलमा पठाएको थियो ।

दुर्घटना भएको बढि समय भइसकेको कारण अत्याधिक रक्तश्राव भइसकेका साहलाई गम्भिर अवस्थामा अस्पतालमा ल्याएपछि तत्काल उपचार गरिएको थियो । सोमबार राती ११ बजे एल एस न्यूरो अस्पतालमा उपचारको लागि ल्याइएका साहलाई करिब ३:१५ बजेको समयमा आफन्तनले थप उपचारका लागि नेशनल मेडिकल कलेज लगेका थिए ।

नेशनल मेडिकल कलेजमा उपचारको क्रममा विहान करिब ३ः५० बजेको समयमा मृत्यु भएपछि आफन्तले साहको शवलाई लगि मंगलबार दाह सँस्कार गरे । अन्य व्यक्तिको उक्साहटमा मृतक साहका आफन्त मुकेश साह सहितको व्यक्तिहरु विहीबार साँझ अस्पतालको लापरवाहीको कारण गुप्ताको मृत्यु भएको भनेर गुनासो गर्न आएका थिए ।

त्यस पश्चात शनिबार विहान करिब १० बजेको समयमा मुकेश साहकै नेतृत्वमा ७०/८० जनाको समूह न्यूरो अस्पतालमा प्रवेश गरि विवाद गरेका थिए । मृतकका आफन्त, अस्पताल प्रशासन, बारा प्रहरी एवं सञ्चारकर्मीहरुको रोहबरमा छलफल भइरहेको अवस्थामा साहकै नेतृत्वमा आएका व्यक्ति सहित केही उत्श्रृङ्खल व्यक्तिहरुले अस्पतालमा तोडफोड गरेका थिए ।

आफन्त सहित भीडमा पसेका घुसपैठियाहरुले तोडफोड गर्न थालेपछि तत्काल प्रहरीलाई अवस्थालाई साम्य पार्न खोज्दा प्रहरी र आफन्तबीच झडप समेत भएको थियो । अवस्थालाई साम्य पार्न बारा प्रहरीले मुकेश साह, रन्जन महतो, आसुतोष साह, मोहन साह लगायत ५ जनालाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका व्यक्तिहरुमध्ये मुकेश साह मृतकका आफन्त थिए भने बाँकी घुसपैठिया रहेको मृतकका भिनाजु जितेन्द्र साहले स्वीकारेका छन् । अस्पतालमा तोडफोड गर्नेहरुमा धेरैजना घुसपैठिया रहेको उनको भनाई थियो । उनीहरुलाई कहाँबाट आए र किन आए र कसले पठायो केही जानकारी नरहेको उनको भनाई थियो ।

उत्श्रृङ्खल व्यक्तिहरुको समूहले गरेको तोडफोडबाट अस्पतालको सिसा भुटाउनुका साथै सिसिटिभी क्यामरा समेत फुटाएका छन् । पक्राउ परेका ५ जनैलाई बारा प्रहरीले ३ घण्टा हिरासतमा राखेर छाडेको छ भने थप छलफलको लागि आइतबार दिउँसो १ बजे इलाका प्रहरी कार्यालय नौतनमा बोलाइएको छ ।

यता अस्पताल प्रशासनले एउटा विज्ञप्ती जारी गर्दै गुप्ताको उपचारमा अस्पतालको कुनै कमजोरी नरहेको दाबी गरेको छ । अचेत अवस्थामा उपचारका लागि आएका गुप्ताको अवस्था गम्भिर रहेको र उपचारकै क्रममा आफन्तजनहरुकै भनाई अनुसार डिस्चार्ज गरिएको र अन्य अस्पतालमा गएर मृत्यु भएका व्यक्तिको विषयलाई लिएर यहाँ आएर विवाद गर्नुले अस्पताललाई बद्नाम गराउन अन्य व्यक्तिहरुको राजनीतिकरण बाहेक केही नरहेको अस्पताल प्रशासनले जनाएको छ ।

तोडफोड गर्ने उत्श्रृङ्खल व्यक्तिहरुको पहिचान गरिसकेको र उनीहरुमाथि कारवाहीको लागि कानूनी उपचार खोज्ने अस्पताल प्रशासनको भनाई छ ।

IMG-20230902-WA00651693715993.jpg

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय