अपराध :

यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका प्रधानाध्यापक यादवलाई जोगाउन चलखेल हुदै

शुक्रबार, भदौ १५, २०८०

वीरगञ्ज । आफनै विधालयका विधार्थी संग यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापक राकेश यादवलाई जोगाउन चलखेल भइरहेको समाचार प्राप्त भएको छ । 

National medical suchna

वीरगञ्जस्थित पिस जोन एकेडेमीका सञ्चालक तथा प्रधानाध्यापक समेत रहेका यादव बुधवार यौन दुव्र्यवहार आरोपमा पक्राउ परेका हुन ।

यादवले आफनै विधालयमा पढ्ने बालिकासँग दुर्व्यवहार गरेको जानकारी पाएपछि वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले उनलाई नियन्त्रणमा लिएर पर्सा प्रहरीको जिम्मा लगाएका थिए ।

बुधवार पक्राउ परेका यादव प्रहरी हिरासतमा बस्ने अवस्था देखेपछि आफु अस्वस्थ रहेको बताउदै पक्राउ परेकै दिन देखी नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको आईसीयू कक्षको १५ नम्बर बेडमा भर्ना भएका छन ।

प्रहरीले उनलाई नारायणी अस्पतालमा चेकजाचको लागी लगेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए।

चिकित्सकले उनको अवस्था समान्य रहेको जानकारी दिएपनि उनले आफु पहिले देखी मुटुको रोगी रहेको र अहिले अस्वस्थ रहेको बताउदै जबरजस्ती भर्ना हुन खोजेका थिए तर नारायणी अस्पताल प्रशासनले अस्पतालमा बेड खाली नभएको भनेपछि उनी नेशनल मेडिकल कलेजको आईसियु कक्षमा भर्ना भएका छन ।

यौन दुर्व्यवहार मुद्दा बाट बच्न आईसीयू कक्षमा पनी प्रधानाध्यापक यादवले शैक्षिक संस्था सम्बद्ध दर्जनौ व्यक्ति संग भने भेटघाट जारी राखेका छन।

यस सम्बन्धमा पर्साका प्रहरी उपरीक्षक कोमल शाह संग बुझदा उनले पीड़ित बालिकाको परिवारको तर्फबाट जाहेरी आईसकेकोले प्रधानाध्यापक यादवमाथी यौन दुर्व्यवहार मुद्दा नै दर्ता हुने जानकारी दिए।

यौन दुर्व्यवहार मुद्दा बाट उन्मुक्ती दिन प्रधानाध्यापक यादवललाई अभद्र व्यवहार मुद्दा चलाएर जोगाउने प्रयासमा केही समुह लागेको सवालमा एसपी शाहले, 'बाहिरको हल्लाको बारेमा हामीलाई केही जानकारी भएन यादवमाथी यौन दुर्व्यवहारमा मुद्दा दर्ता हुन्छ उनले भने'।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  २२:०२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय