अपराध :

हजार दरका ९५ हजार नक्कली नेपाली नोटसहित दुईजना पक्राउ

शुक्रबार, भदौ १५, २०८०

वीरगञ्ज । एक हजार रुपैयाँको नक्कली नेपाली नोटसहित मकवानपुर प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक हजार दरको ९५ वटा नक्कली नेपाली नोटसहित हेटौँडाबाट दुईजनालाई नियन्त्रणमा लिएको हो ।

National medical suchna

पक्राउ पर्नेमा मधेस प्रदेशस्थित रौतहटको कटहरिया नगरपालिका ६ बस्ने वर्ष १९ को धर्मेन्द्र महरा र वर्ष २१ का दीपेश दास रहेका छन् । 

हेटौँडा उपमहानगरपालिका – १५ चुरिया माई मन्दिर क्षेत्रस्थित सडक खण्डमा पैदल हिँडिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याएर सोधपुछ गर्दा उनीहरूले नक्कली नोट मकवानपुरको राक्सिराङ गाउँपालिका – २ बस्ने ४० वर्षीय विजय तामाङबाट ल्याएको बयान दिएका थिए ।

सोही बयानको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले तामाङलाई पनि नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका तिनै जनालाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  २०:१३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय