कालोबजारी :

ग्यासको मुल्य बढेसंगै कालोबजारी सुरु, बिराज ट्रेडर्सका सञ्चालक पक्राउ

शुक्रबार, भदौ १५, २०८०

वीरगञ्ज । सरकारले खाना पकाउने ग्यासको मुल्यमा वृद्धी गरेसंगै डिलरले ग्यासको अभाव देखाएर बढी मुल्यमा विक्रि गर्न कालोबजारी सूरु गरेका छन । एलपी ग्याँसको कालो बजारी गरेको आरोपमा पर्सामा प्रहरीले एक जना व्यवसायीलाई नियन्त्रणमा लिएको छ ।

National medical suchna

पर्सा जिल्लाको बहुदरमाई नगरपालिका – ४ स्थित बहुअरी पिडारीमा रहेको बिराज ट्रेडर्सका भरत साह तेलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भरत बिराज ट्रेड्सका सञ्चालक अनिल साहका पिता हुन् ।

एलपी ग्याँसको सिलिन्डर हुँदाहुँदै पनि उपभोक्तालाई फिर्ता पठाएर ठगी गर्न खोजेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेका भरतले आजदेखि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि लागू नहुँदै उपभोक्तासँग वृद्धि भएको रकमसहित पैसा लिएका थिए। पैसा लिए पनि उनले उपभोक्तालाई ग्याँस लिन भने १२ बजे पछि आउन भनेपछि उपभोक्ताले प्रहरीमा खबर गरेका थिए ।

पसलमा भरेको ग्याँस सिलिन्डर हुँदाहुँदै पनि छैन भनेर उपभोक्तालाई फिर्ता पठाउने र एडभान्स रकम लिएको गुनासो आएपछि प्रहरी पुगेर पसलमा चेकजाच गर्दा करिब ३० वटा ग्यास सिलिन्डर भरेको अवस्थामा मौज्दात रहेको भेटेपछि भरतलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय