सुन तस्करी :

सुनको अनुसन्धानका लागि भारत र हङकङ पुग्यो सीआईबी टोली

शुक्रबार, भदौ १५, २०८०

वीरगञ्ज। ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एउटा टोली भारत पठाएको छ ।

National medical suchna

सीआईबीले प्रहरी नायब उपरीक्षक ९डीएसपी० धर्मराज भण्डारीलाई भारत पठाएको हो । स्रोतका अनुसार, थप अधिकृतलाई पनि भारत पठाउने तयारी भइरहेको छ ।

हङकङबाट ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन ३ साउनमा बरामद भएको थियो । १९ दिनसम्म राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेर यसमा संगठित अपराधको तत्व देखिएको थप अनुसन्धानका लागि सीआईबीलाई हस्तान्तरण गरिएको थियो ।

त्यसक्रममा सीआईबीले सुन आउने ठाउँ हङकङमा केही कागजातको संलकन र तथ्यहरुको प्रमाणिकरणका लागि एसएसपी दिनेश आचार्यलाई पठाएको छ भने दिल्लीमा भण्डारीलाई पठाएको हो ।

हङकङबाट आएको सुनको गन्तव्य भारत गएकाले त्यहाँको नेक्ससबारे भारतीय पक्षसँग समन्वय गरेर भण्डारीले सूचना संकलन गर्ने एक अधिकृतले बताए ।

सीआईबीले हालसम्म यो प्रकरणमा २५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ६ जना विदेशी नागरिक छन् । सुन तस्करीमा चिनियाँ नागरिकहरुको मुख्य भूमिका देखिएको छ । नेपालको पाटाको व्यवस्थापन बेल्जियन नागरिक दावा छिरिङले गरेको आशंका गरिएको छ । साभार अनलाईन खबर

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय