निषेधाज्ञा :

गोरु काटेको विरोधमा प्रदर्शन हुने भएपछी धरानमा स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी

शुक्रबार, भदौ ८, २०८०

वीरगञ्ज - स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् ।

त्यसैले साम्प्रदायिक सद्भावमा असर पर्न सक्ने भएकाले प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएका छन् । धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ।

प्रशासनले धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका-१ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम-दक्षिण रामधुनी नगरपालिका-६ बाट बराहक्षेत्र नगरपालिका-३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय