१५ केजी चरेशसहित २ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मेनगेट ईलाकाबाट अन्दाजी १५ केजी चरेश र एउटा मोटरसाइकलसहित दुई जना व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

National medical suchna

पर्साको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझीलाई चरेस सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रवक्ता तथा डीएसपी सन्तोष बस्नेतले जानकारी दिए ।

बीआर २२ एम ४२०६ नम्बरको मोटरसाइकलको ट्याङकीमा लुकाइ छिपाइ चरेस नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले उनीहरुलाइ नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद चरेश र मोटरसाइलकसहित आवश्यक कारबाहीका लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझाएको बस्नेतले बताए ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय