वीरगञ्जमा बन्ने चिडियाखानाको चारकिल्ला तोकियो, ५० हेक्टर वन ओगट्ने

वीरगञ्ज । वीरगञ्जमा बन्ने चिडियाखानाको चार किल्ला तोकिएको छ । वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चारकिल्ला तोकेको हो ।

National medical suchna

मन्त्रालयका अनुसार वीरगञ्ज महानगरपालिका–३२ स्थित सबैया साझेदारी वनको ५० हेक्टर जमिनमा प्राकृतिक चिडियाखाना बन्ने छ ।

मन्त्रालयका अनुसार पूर्वमा रामवन बस्ती, पश्चिममा सोलखपुर जाने बाटो, उत्तरमा १० बिगाहा फेन्सदेखि भेडाहा खोला जाने बाटो र दक्षिणमा टिकघारे क्षेत्र भित्रको सामुदायिक वनलाई प्राकृतिक चिडियाखाना बनाइने भएको छ ।

सरकारले २७ भदौ २०७९ मै सामुदायिक वन स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार चार किल्ला तोकिएको मन्त्रालयले जनाएको छ ।

चिडियाखानाका लागि अर्थमन्त्रालयले १० करोड रुपैयाँका लागि सहमति पनि दिइसकेको वन मन्त्रालयले जनाएको छ । जसबाट चिडियाखानाको क्षेत्रमा तारबार गर्न, गुरुयोजना बनाउने लगायत काममा खर्चिने छ ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय