राजनीति

भाथा मन्दिरको बिकाशको लागि सांसद गुप्ताले एक करोड सहयोग गर्ने

सोमबार, भदौ ४, २०८०

वीरगंज - पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ताले दुधेश्वरनाथ (भाथा) मन्दिरको बिकाशको लागि एक करोड बजेट बिनयोजन गर्ने घोषणा गर्नुभएको छ ।

National medical suchna

सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ५ महुवनमा आज नाँग पञ्चिमीको अवसरमा आयोजित कुस्ती प्रतियोगितालाई सम्बोधन गर्दै सांसद गुप्ताले सो घोषणा गर्नु भएको हो  ।

विशिष्ट अतिथी रहेका गुप्ताले मन्दिर प्रागंनमा बिद्युतको लागि ट्रान्सफर्मर जडान र कालोपत्रे सडकको लागि संसदिय कोषबाट एक करोड बजेट बिनयोजन गर्ने घोषणा गर्नुभयो ।

उहाँले भाथा मन्दिरलाई बाह्रै महिना खुल्ला गर्न प्रमुख आतिथीको रुपमा मञ्चमा आसिन वनमन्त्री बिरेन्द्र महतोलाई अनुरोध समेत गरेका थिए ।

नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका गुप्ताले भाथा मन्दिरलाई पर्यटकिय  क्षेत्रको रुपमा बिकाश गरे यस क्षेत्रको बिकाशमा टेवा पुग्ने बताएका थिए ।

पर्सा क्षेत्रको धरोहरको रुपमा रहेको भाथा मन्दिरको बिकाशको लागि आफु सदैव तत्पर रहेको बताएका थिए ।

यसैगरी प्रमुख अतिथी बनमन्त्री महतोले मन्दिरलाई बाह्रै महिना खुल्ला गर्न सचिव स्तरीय बैठक गरेर चाँडै निर्णय गरिने बताए ।

कार्यक्रममा  प्रदेश सभा सदस्य श्याम पटेल, जसपाका नेता रामनरेश यादव,सुरेन्द्र कुर्मी, प्रदिप जयसवाल, एमाले नेता मन्जुर अंसारी लगायतको उपस्थिती थियो ।

कुस्ती प्रतियोगिता पारसनाथ युवा समाजको आयोजना र कानु समाजको सहयोगमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय