डेंगू संक्रमण बढ्दै

देशभर डेंगु संक्रमितको संख्या १६ हजार नाघ्यो, १२ जनाको मृत्यु

आइतबार, भदौ ३, २०८०

वीरगंज। देशभर डेंगु संक्रमितको संख्या १६ हजार नाघेको छ ।

National medical suchna

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)को शनिबारसम्मको तथ्यांक अनुसार गत १५ पुसदेखि हालसम्म १६ हजार २६७ जनालाई डेंगु संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, यसअवधिमा डेंगुले १२ जनाको ज्यान लिइसकेको छ ।हालसम्म सुनसरीमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।

इडिसीडीको तथ्यांक अनुसार सुनसरीमा ८ हजार ४५२, मोरङमा १ हजार ८७७, धादिङमा १ हजार ७५७ र झापामा ९२६ जनामा डेंगु पुष्टि भएको छ ।हालसम्म ७५ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ ।

महाशाखाका अनुसार कोशीमा १२ हजार २१, बागमतीमा २ हजार ६५१, गण्डकीमा ६१८ , सुदुरपश्चिम प्रदेशमा ४७९ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै, लुम्बिनीमा ३१३, मधेशमा १४० र कणाली प्रदेशमा ३९ जनामा संक्रमण पुष्टि भएको छ ।गत वर्ष डेंगु प्रकोपका कारणले ५४ हजार ७८४ संक्रमित हुँदा ८८ जनाको ज्यान गएको थियो ।

तर, यो वर्ष डेंगु संक्रमण कात्तिकको अन्तिमसम्म उच्च गतिमा फैलिने र अझै भयावह अवस्था निम्तिने अधिकारीको आकलन छ ।

स्थानीय तहले पनि डेंगु नियन्त्रणका लागि ‘खोज तथा नष्ट’ अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा यो अवस्था आएको जनस्वास्थ्यविज्ञ बताउँछन् ।

डेंगुले महामारीको रूप लिन लागेको अवस्थामा राज्यका सबै स्रोत–साधन परिचालन र जनचेतना अभियान अनिवार्य नै हुन्छ ।

डेंगु नियन्त्रणका लागि मनसुन सुरू हुनुभन्दा अगाडि नै लार्भा खोज तथा नष्ट अभियान’ तीव्र रुपमा सञ्चालन गर्नुपर्छ ।

तर, अहिलेसम्मको अनुभवले डेंगु फैलिसकेपछि मात्रै ‘लार्भा खोज तथा नष्ट अभियान’ सुरू हुन्छ । त्यही पनि प्रभावकारी रुपमा सञ्चालन हुन सक्दैन ।

अहिले मनसुन सँगसँगै डेंगु तीव्र गतिमा फैलिरहेको छ । बढी पानी संकलन भएका ठाउँमा लामखुट्टेको लागि उपयुक्त वातावरण भएकाले पनि डेंगु बढी, छिटो र तीव्र गतिमा फैलिने विज्ञहरु बताउँछन् ।

लामखुट्टेले फुल पार्न सक्ने घरभित्रका सम्भावित ठाउँ, वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाँडाहरू खोजी–खोजी सफा गर्नुपर्छ । त्यस्तै, लामखुट्टेको फुल पनि नष्ट गर्नुपर्दछ । 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १९:२४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय