अन्तरिक्ष यान

रुसी अन्तरिक्ष यान चन्द्रमामा दुर्घटना

आइतबार, भदौ ३, २०८०

रुसको अन्तरिक्ष यान लुना-२५ दुर्घटनामा परेको छ ।

National medical suchna

रुसी अधिकारीहरूका अनुसार चन्द्रमाको परिक्रमा गर्ने क्रममा अनियन्त्रित भएर यो अन्तरिक्ष यान दुर्घटना भएको हो । अन्तरिक्ष यानमा मानिस थिएनन् ।

यो अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा सोमबार अवतरण गर्नु पर्नेमा असफल भएको बिबिसीले जनाएको छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि देशले अन्तरिक्ष यान अवतरण गर्न सकेका छैनन् ।तर चीन र अमेरिकाले चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गराएका छन् ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान पठाउन भारत र रुसबिच प्रतिस्पर्धा छ । भारतले पठाएको चन्द्रयान-३ आउँदो बुधवार चन्द्रमामा अवतरण गर्ने तयारी छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय