आइईएमआइएस अद्यावधिक नगरेका विद्यालयहरू कारवाहीमा

वीरगञ्ज । वीरगञ्जमा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली ९आइईएमआइएस० सफ्टवेयर नलिएका र लिए पनि अद्यावधिक नगरेका विद्यालयहरू कारवाहीमा परेका छन् ।

National medical suchna

वीरगञ्ज महानगरपालिकाअन्गर्गत पर्ने शैक्षिक प्रशासन महाशाखाले बुधवार एउटा सूचना जारी गर्दै आइईएमआइएस सफ्टवेयर नलिएका र लिए पनि अद्यावधिक नगरेका पन्ध्र वटा विद्यालयहरूलाई दण्डित गर्दै कारबाही गरेको हो । 

कारबाहीअन्तर्गत आइईएमआइएस सफ्टवेयर लिएपनि अद्यावधिक नगराएका विद्यालयलाई पाँच हजार रुपैयाँ जरिवाना र नलिएका विद्यालयलाई १० हजार रुपैयाँ जरिवाना गरिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

विद्यालयहरूले अझै पनि आइईएमआइएस सफ्टवेयर नलिए र अद्यावधिक नगरे थप कारबाही गर्ने शैक्षिक प्रशासन महाशाखाले चेतावनी दिएको छ ।

अद्यावधिक गर्दा गलत तथ्याङ्क प्रविष्ट गर्ने विद्यालयलाई पनि कारबाही गर्ने शैक्षिक प्रशासन महाशाखाले चेतावनी दिएको छ । गलत तथ्याङ्क प्रविष्ट गर्ने विद्यालयलाई पन्ध्र हजार रुपैयाँ जरिवाना गरिने महाशाखा प्रमुख अरविन्द लाल कर्णले जानकारी दिए ।

कर्णका अनुसार शैक्षिक सत्रमा वीरगञ्जभित्र सञ्चालित प्रत्येक विद्यालयले आइईएमआइएस सफ्टवेयर लिएर अद्यावधिक गर्नु पर्ने हुन्छ ।

यद्यपि वीरगञ्जको पशुपति शिक्षा मन्दिर, पपुलर इङ्लिस बोर्डिङ स्कूल, पीस जोन एकेडेमी, शान्ति निकेतन इङ्लिस प्राइमेरी स्कूल, ज्ञान निकेतन इङ्लिस बोर्डिङ स्कूललगायत कूल १५ वटा विद्यालयले शिक्षा तथा मानव स्रोत विकाश केन्द्रबाट जारी गरेको सूचनालाई अटेरी गर्दै हालसम्म पनि आइईएमआइएस अद्यावधिक नगर्दा उनीहरूलाई कारबाही गरिएको हो ।

कारबाहीमा परेका विद्यालयहरूलाई असार ३१ भित्रमा नियम बमोजिम जरिवाना बुझाएको रसिद र अद्यावधिक गरेको आइईएमआइएसको रसिदसँगै वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा उपस्थित हुन् निर्देशनात्मक आग्रह गरिएको छ ।

उक्त समयभित्र पनि आइईएमआइएस अद्यावधिक नगराउने विद्यालयहरू नै नरहेको ठहर गरी कारबाही अगाडि बढाइने महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले बताए ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय