सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निधन

शनिबार, भदौ २, २०८०

वीरगञ्ज — पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निधन भएको छ ।

National medical suchna

४३ वर्षीय थपलियाले शनिबार बिहान करिब साढे १० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणमा सहकर्मीहरूलाई आफूलाई असजिलो महसुस भएको बताएका थिए ।साइक्लिङ गरेर करिब १० बजे कार्यालय फर्केका थपलियाले सहर्मीहरूलाई ‘छातीमा असजिलो महसुस भएको’ भनेका थिए ।

लगत्तै बेहोस भएका उनलाई उपचारका लागि मेडिसिटी अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो । चिकित्सकले करिब १ घण्टा उपचार गरे पनि उनलाई बचाउन नसकेको बताएका छन् ।

चिकित्सकले थपलियालाई हृदयाघात भएको जानकारी दिएको उनका एक सहकर्मी अधिकृतले बताए ।

नुवाकोट पुर्ख्यौली घर भएका उनी सशस्त्र प्रहरीको तेस्रो ब्याचका प्रहरी निरीक्षक थिए ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय