विरोध

दुर्गा प्रसाईको अभिव्यक्ति 'अवाञ्छित र गैरजिम्मेवार' वीरगञ्ज उद्योग वाणिज्य सङ्घ

एक व्यवसायी भएर अर्का व्यवसायी समूहप्रति लक्षित गरी यस्ता निकृष्ट अभिव्यक्ति दिने कार्य निन्दनीय
शुक्रबार, भदौ १, २०८०

वीरगञ्ज - मेडिकल व्यवसायी दुर्गा प्रसाईको अभिव्यक्ति प्रति वीरगंज उधोग वाणिज्य संघले आपत्ति जनाएको छ । 

National medical suchna

वीरगंज उधोग वाणिज्य संघले प्रेस विज्ञप्ति जारी गर्दै गत साता एक टेलिभिजन अन्तरवार्ता मार्फत् यस देशमा " मारवाडी समुदायले अर्थतन्त्र तहस नहस तुल्याएको लगायतका अवाञ्छित र गैरजिम्मेवार अभिव्यक्तिप्रति यस सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

नेपालको औद्योगिकीकरण इतिहासमा अग्रभागमा रहेका तथा उद्योग , व्यापारका मार्फत् देशको अर्थतन्त्र , रोजगारी सृजना गर्नेदेखि सामाजिक , सांस्कृतिक , शैक्षिक , स्वास्थ्य , कला , खेलकूद लगायतका राष्ट्रिय जीवनका हरेक क्षेत्रमा आफ्ना महत्वपूर्ण एवम् उल्लेखनीय योगदान पुयाउँदै आइरहेका मारवाडी समुदायले यस देशको उद्योग , व्यापारको विकास , विस्तार र प्रबर्द्धनमा निर्वहन गर्दै आइरहेको भूमिका र योगदानलाई कदर गर्नुपर्नेमा त्यसको विपरीत एक व्यवसायी भएर अर्का व्यवसायी समूहप्रति लक्षित गरी यस्ता निकृष्ट अभिव्यक्ति दिने कार्य निन्दनीय रहको छ, अध्यक्ष अनिल कुमार अग्रवालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ। ।

कुनै व्यक्ति , जात , समूह , समुदाय र सम्प्रदायप्रति लक्षित गरी यस्ता नकारात्मक , अनर्गल , आधारहीन एवम् गैरजिम्मेवारपूर्ण सञ्चारमाध्यमबाट अभिव्यक्ति दिने छुट नेपालको संविधानले कसैलाई दिएको छैन ।

एउटै विषय एउटै कुरा पटक पटक विभिन्न सञ्चारमाध्यम मार्फत् प्रस्तुत गर्ने र मारवाडीले सबै सिद्धयायो भन्ने अर्थहीन तथा बेतुकका कुरा गरेर सामाजिक सद्भावलाई विथोल्न खोज्ने स्वनामधन्य व्यापारी दुर्गा प्रसाईलाई यसै विज्ञप्ति मार्फत् अवाञ्छित वक्तव्यवाजी नगर्न सचेष्ट गराउन चाहन्छौं ।

यस देशको समुन्नति र सामाजिक सद्भाव र जातीय एकतालाई सुदृढ बनाउन आ - आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बेलामा यस्ता नकारात्मक भाव फैलाउने कुनै निश्चित वर्ग वा समुदायलाई होच्याउने , गिज्याउने कार्य कोही कसैबाट हुनु हुँदैन भन्दै यस्ता अभिव्यक्ति दिने कार्य यथाशीघ्र बन्द गरिनु पर्ने कुरा गम्भीर रूपले ध्यानाकर्षण गराउन चाहन्छौं । 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय