फास्ट ट्रयाक

तराई मधेश द्रुतमार्गको डीपीआर संशोधन, समय र लागत मूल्य घट्ने

बिहीबार, साउन ३२, २०८०

वीरगञ्ज । काठमाडौं–तराई मधेश द्रुतमार्गको डीपीआर संशोधन भएको छ । लागत समय र लागत मूल्य घट्नेगरी द्रुतमार्गको डीपीआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

मन्त्रिपरिषदको बैठकले काठमाडौं–तराई मधेश द्रुतमार्गको डीपीआर संशोधन गरेको हो । ‘करिब २ अर्ब २ करोड लागत मूल्य र निर्माणको समय पनि घट्ने गरी द्रुतमार्गको डीपीआर संशोधन भएको छ,’ मन्त्री ज्वालाले भने, ‘सुरुङ मार्ग थपिदा सडकको लम्बाइ घट्यो र मूल्य दुवै घटइएको छ ।’

काठमाडौं–मधेश लाइफ लाइनका रूपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण कार्य भइरहेको छ । २०७४ साल वैशाख २१ देखि निर्माण कार्य शुरु गरिएको काठमाडौं तराई मधेश द्रुत मार्ग हालसम्म २५।५४ प्रतिशत मात्र प्रगति भएको छ ।

२०८३ साल चैत्र मसान्तसम्म सक्ने लक्ष्य लिइएको द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टि जनाएका थिए ।

डीपीआर संशोधन भएपछि लागत मूल्य पनि घट्ने भएको छ । २ खर्व १३ अर्ब ९ करोड ५३ लाखको लागत रहेकोमा संशोधनपछि २ खर्व ११ अर्ब ९ करोड ३० लाख आयोजनाको लागत रहने भएको छ । केही सुरुङ, केही ग्यालरी सुरुङ बन्ने भएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय