खेलकूद

२६ वर्षकै उमेरमा हसरंगाले लिए टेष्टबाट सन्यास

मंगलबार, साउन ३०, २०८०

वीरगञ्ज। श्रीलंकाका चर्चित स्पिनर वानिन्दु हसरंगाले २६ वर्षकै उमेरमा टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।

National medical suchna

हसरंगाले सीमित ओभरको क्रिकेटलाई प्राथमिकतामा राख्दै टेस्टबाट सन्यास लिएको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ ।

उनले सेतो बल फम्र्याट अर्थात टी-२० अन्तर्राष्ट्रिय र एकदिवसीय फम्र्याटमा भने निरन्तर खेल्नेछन् ।

हाल क्रिकेट जगतमा उत्कृष्ट लेगस्पिनर तथा अलराउन्डरको छवि बनाएका हसरंगाले २०२० मा दक्षिण अफ्रिकाविरुद्ध सेन्चुसरियनमा टेस्टमा डेब्यू गरेका थिए ।

उनले ४ टेस्ट खेलमा १९६ रन बनाउनुको साथै चार विकेट लिएका छन् । उनले पछिल्लो पटक २०२१ अपि्रलमा बंगलादेशविरुद्ध घरेलु मैदान पालेकेलेमा अन्तिम टेस्ट खेल खेलेका थिए ।

उनले ४८ ओडीआई खेलमा ६७ विकेट लिएका छन् । ब्याटिङतर्फ उनले ४ अर्धशतकसहित कुल ८३२ रन बनाएका छन् ।

त्यस्तै ५८ टी-२०आई खेलमा ५३३ रन बनाउनुको साथै ९१ विकेट लिएका छन् ।

श्रीलंका क्रिकेट बोर्डले हसरंगाको सन्यास लिने निर्णय स्वीकार गरिसकेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय