अक्षय कुमारले पाए भारतीय नागरिकता

मंगलबार, साउन ३०, २०८०

अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन्।

National medical suchna

उनले सामाजिक सञ्जाल ट्विटर मार्फत भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन् ।

अक्षय कुमारले तस्बिरसँग लेखेका छन्, 'दिल र नागरिकता दुवै हिन्दुस्तानी हुन् । स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द ।'अक्षय कुमार अहिलेसम्म क्यानडाको नागरिक थिए ।

सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले अक्षय कुमारको नागरिकतामाथि प्रश्न उठाइरहेका थिए ।

हालै अक्षय कुमारले एक अन्तर्वार्तामा आफूले भारतीय नागरिकताका लागि आवेदन दिएको र चाँडै नै यसबारे थप जानकारी दिने बताएका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय