ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने प्रसनी दीपक बस्नेत कदर-पत्र बाट सम्मानित

वीरगञ्ज। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा कार्यरत प्रहरी सहायक निरीक्षक दीपक बस्नेत कदर-पत्र बाट सम्मानित भएका छन।

National medical suchna

ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको कदर गर्दै वीरगञ्जमा आयोजित एक कार्यक्रममा उनलाई कदर पत्र बाट सम्मानित गरिएको हो।

जानकी आटोमोबाइलस एसोसिएशन अफ नेपालको दोस्रो वार्षिक साधारण सभाको अवसरमा वीरगंजको होटल भिस्वामा आयोजित कार्यक्रममा प्रहरी सहायक निरीक्षक बस्नेतलाई कदर पत्र सहित सम्मान गरिएको हो।

कार्यक्रममा प्रहरी सहायक निरीक्षक बस्नेतले ट्राफिक व्यवस्थापनमा गरेका उल्लेखनीय कार्यको प्रशंसा गर्दै कदर पत्र सहित सम्मानित गर्न पाउदा खुशी लागेको कार्यक्रमका अध्यक्ष केदार अग्रवालले बताउनु भयो।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष भट्टराईले ट्राफिकले गरेको काम कार्वाहीको मुल्यांकन गर्दै समाजले सम्मान गर्दा काम गर्ने थप हौसला प्रदान गरेको बताउनु भयो।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय