सुन तस्करी

गालिएको सुन जम्मा ६० किलो ७१६ ग्राम

मंगलबार, साउन ३०, २०८०

वीरगञ्ज ।  टक्सार विभागमा गालिएको सुन जम्मा ६० किलो ७१६ ग्राम रहेको छ ।

National medical suchna

आज पूर्ण रूपमा गालेर त्यसको जर्ती निकालिएको थियो । अब सुनको गुणस्तर मापन गरिनेछ । 

“हङ्गामा मच्चाएको सुन तस्करी काण्डमा हामीले ल्याउँदा १५५ किलो भएकोमा ब्रेक सु र कार्टुनबाट निकाल्दा ६० किलो ७७९ ग्राम भएको थियो,” विभागका निर्देशक थानेश्वर आचार्यले भने, “आज गालेर सकिएको छ ।

६० किलो ७१६ ग्राम तौल आएको छ । ३४ वटा बिस्कुट बनेका छन् ।”साउनको २ गते राजश्व अनुसन्धान विभागको टोलीले हङकङबाट ल्याइएको ब्रेक सु मा सुन ल्याइएको सूचना पाएपछि छापा मारेको थियो । 

त्यसमा करिब क्विन्टल सुन ल्याइएको अनुमान गरिएको थियो । विभागको टोलीले सुरक्षित रूपमा राष्ट्र बैङ्कको टक्सारमा राखेको थियो ।

सोमबार ब्रेक सु बाट सुन निकालिएको थियो । भने आज सुन गालिएको थियो ।

राजश्व अनुसन्धान विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राष्ट्र बैङ्कलगायतका प्रतिनिधि राखेर सुन निकाल्ने र गाल्ने काम गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय