खेलकूद

भारतलाई हराउँदै वेस्ट इन्डिजले जित्यो टि-२० सिरिज

सोमबार, साउन २९, २०८०

भारतसँगको टी-२० क्रिकेट सिरिज वेस्ट इन्डिजले जितेको छ । आइतबार राति भएको पाँचौँ तथा निर्णायक खेलमा भारतलाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै घरेलु टोली वेस्ट इन्डिजले पाँच खेलको सिरिज ३–२ ले जितेको हो ।

National medical suchna

जितका लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १८ ओभरमा २ विकेटको क्षतिमा १७१ रन बनाएर भेट्टायो । वेस्ट इन्डिजका ब्रेन्डन किङ्गले सर्वाधिक ८५ रनको अर्धशतकीय पारी खेले । यस्तै, निकोलस पुरनले ४७, शाई होपले २२ र कायल मेयर्सले १० रन बनाए ।

भारतका अर्शदीप सिंह र तिलक बर्माले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले सर्वाधिक ६१ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, तिलक बर्माले २७, हार्दिक पाण्डेले १४ तथा अक्षर पटेल र सन्जु स्यामसनले १३/१३ रन बनाए ।

वेस्ट इन्डिजका लागि रोमारियो शेफर्डले चार विकेट लिए भने अकेल हुसैन र जसोन होल्डरले दुई/दुई विकेट लिए । रोस्टन चेसले एक विकेट लिए ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०९:१५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय