निरन्तर वर्षा

कोसी ब्यारेजका ५६ वटै ढोका खोलियो, नदीमा ३४ वर्ष यताकै धेरै पानी

सोमबार, साउन २९, २०८०

वीरगञ्ज - सप्तकोसी नदीमा पछिल्लो ३४ वर्ष यताकै उच्च पानी बगेको छ ।

National medical suchna

पूर्वी पहाडी जिल्लाहरूमा केही दिन यता निरन्तर पानी परेपछि सप्तकोसी नदीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च पुगेको हो ।

सप्तकोसी नदीस्थित कोसी नदीमा सोमबार बिहान ४ बजे ४ लाख ६२ हजार क्युसेक पानी प्रति सेकेन्ड बगेको छ । अहिले भने पानीको मात्रा घट्दै गइरहेको छ ।

बिहान ६ बजे गरिएको मापन अनुसार कोसीमा ४ लाख ५२ हजार क्युसेक पानी प्रति सेकेन्ड बगिरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

अहिले कोसी ब्यारेजमा रहेका सबै ५६ ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

कोसीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्युसेक पानी प्रति सेकेन्ड बगेको रेकर्ड छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय