निर्यात

नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध भारतले हटायो

शनिबार, साउन २७, २०८०

वीरगञ्ज । भारतले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएकी हुन् ।

National medical suchna

भारतको संसदमा सम्बोधन गर्दै उनले नेपालबाट गोलभेंडा आयातको प्रक्रिया थालिएको बताएकी थिइन् । उनले नेपालबाट आयात हुने गोलभेंडा वाराणासी, कानपुर र लखनउमा शुक्रबारदेखि भित्रिन सुरु हुने बताएकी थिइन् ।

तर,नेपालको वाणिज्य मन्त्रालयले भने भारतले नेपालबाट गोलभेंडा लैजाने विषयमा कुनै औपचारिक जानकारी नआएको बताएको छ ।

मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालबाट गोलभेंडा लैजानेबारे कुनै औपचारिक जानकारी नभएको दाबी गरे । भारतको प्लान्ट क्वरेन्टिन लिष्टमा नेपाली गोलभेंडा परेको भन्ने मात्रै जानकारी आएको उनले बताए 

भारतमा कम वर्षातका कारण उत्पादनमा ह्रास आएपछि गोलभेंडाको मूल्य आकाशिएको छ । बिहीबार मात्रै देशका विभिन्न भागमा गोलभेंडाको मूल्य प्रतिकिलो २५० रुपैयाँ भारु पुगेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

गोलभेंडाको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेपछि भारतको लोकसभामा यसबारे प्रश्न उठेको थियो ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय