राजनिती

गौर हत्याकाण्ड : छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न जसपाको माग

आफ्नो पार्टी नेतालाई फसाउन खोजेको आरोप
शनिबार, साउन २७, २०८०

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले गौर हत्याकाण्डको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेको छ ।

National medical suchna

पत्रकार सम्मेलन गरेर जसापाले गौर हत्याकाण्डको छानबिन गरेर दोषीउपर कारबाही गर्ने सरकार र गौर हत्याकाण्ड पीडितबिच भएको सहमतिप्रति आपत्ति जनाउँदै आफ्नो पार्टी नेतालाई फसाउन खोजेको आरोप लगाएको छ ।

केही दिनअघि सरकार र पीडितबिच भएको सहमतिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै आपत्ति प्रकट गरेको जसपाले घटनाको छानबिनको लागि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेको हो ।

प्रवक्ता मनिष सुमनले यसअघि भएका छानबिनका प्रतिवेदन गोप्य राखेर सरकारले बदनियत पूर्ण व्यवहार गरेको आरोप लगाए ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनेको छानबिन आयोग, मधेस आन्दोलनसहितका आन्दोलनका घटनाका विषयमा अध्ययनका लागि गठित गिरिशचन्द्र लाल नेतृत्वको आयोग र तत्कालीन पुनरावेदन अदालत पाटनका न्यायाधीश र सुरक्षा निकायका प्रतिनिधि सम्मिलित समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि जसपाले माग गरेको छ ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय