राजनिती

जनमत पार्टी सरकारमा सहभागी हुदै,साहलाई मन्त्री बनाउने तयारी

मन्त्रिपरिषद् पुनर्गठनको तयारी
शनिबार, साउन २७, २०८०

वीरगञ्ज । डा.सिके राउत नेतृत्वको जनमत पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा सहभागी बनाएर मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । 

National medical suchna

जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ । दाहाल नेतृत्वको मन्त्रिपरिषद् अहिले २५ सदस्यीय छ । उनीहरुमध्ये एक जना मन्त्रीलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी भईरहेको छ ।

सम्भवतः माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भावना रहेको छ । जनमतकी सांसद साहलाई आइतबार मन्त्री नियुक्त गर्ने तयारी छ । जनमतले यसअघि नै साहको नाम सिफारिस गरेको थियो ।

जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले आइतबारसम्म सरकारमा जाने सम्भावना रहेको स्वीकार गरेका छन् । 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १०:१८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय