मनसुन

आज देशैभर वर्षा हुने, ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

सोमवारसम्मै वर्षा हुने पुर्वानुमान
शनिबार, साउन २७, २०८०

वीरगञ्ज । आज पनि देशभरको मौसम बदली भई वर्षा हुने छ । देशका केही ठाउँमा भने भारी वर्षाको सम्भावना रहेकोले बाढी पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

National medical suchna

मनसुनको न्युन चापीय रेखा सरदरभन्दा नेपालको नजिक रहेकोले केही दिन धेरै पानी पर्ने अनुमान महाशाखाले गरेको छ ।

आज गण्डकी प्रदेशका केही,  बागमती, लुम्बिनी र कर्णाली  प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय