खेलकूद

स्पेन पहिलोपटक फिफा महिला विश्वकपको सेमिफाइनलमा

शुक्रबार, साउन २६, २०८०

साविक उपविजेता नेदरल्यान्ड्सलाई पराजित गर्दै स्पेन फिफा महिला विश्वकप २०२३ को सेमिफाइनलमा पुगेको छ।

National medical suchna

शुक्रबार भएको पहिलो क्वार्टरफाइनलको खेलमा स्पेनले नेदरल्यान्ड्समाथि २-१ गोलको जित निकालेको हो।

खेलको ८१ मिनेटमा स्पनेले ओलिभरको पेनाल्टी गोलबाट अग्रता लियो।

तर नेदरल्यान्ड्सका लागि इन्जुरी टाइमको पहिलो मिनेटमा भान डेर बराबरी गोल फर्काइन्।

त्यसपछि एक्स्ट्रा समयम धकेलिएको खेलमा स्पेनकी पारालुइलोले १११ मिनेटमा गोल गर्न सफल भइन्।

१९ वर्षीया विंगर पारालुइलोले बेन्चबाट आएर विजयी गोल गरेपछि स्पेन पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा पुगको हो।

२०१९ मा उपविजेता भएको नेदरल्यान्ड्सले फाइनलमा अमेरिकासँग पराजित भएको थियो। 

स्पेनले अन्तिम चारमा जापान वा स्विडेनसँग खेल्नेछ। जापान र स्विडेनबीचको खेल आजै हुँदैछ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय