महानगरको अभियान

कर्पोरेट बैंक र क्लासिक होटल हटाउने महानगरको कदमको सर्वोच्चद्वारा ग्रीन सिग्नल

शुक्रबार, साउन २६, २०८०

वीरगञ्ज - वीरगञ्ज महानगरपालिकाले मुख्य नालामाथि निर्माण गरेको संरचना हटाउने कामलाई सर्वोच्च अदालतले सदर गरेको छ । 

National medical suchna

मुख्य नालामाथि निर्माण गरेर वर्षौँदेखि उपभोग गर्दै आएको कर्पोरेट डेभलपमेन्ट बैंक र क्लासिक होटल रहेको संरचना महानगरले हटाएको कामलाई सर्वोच्चले सदर गरेको छ । 

संरचना हटाउन नदिन भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक रहेको भवनका धनी पवन कुमार गुप्ता र अनिल कुमार गुप्ताले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरिदिएको छ ।  

तर बिहीबार सुनुवाई गर्दै सर्वोच्च अदालतको ६ नं इजलासका न्यायाधिशद्वय प्रकास कुमार ढुंगाना र डा.कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्विकार गरिदिएको छ ।  

अदालतले गएको साउन ११ गते अल्पकालिन अन्तरिम आदेश दिँदै संरचना हटाउने काम यथावत राख्न भनेको थियो । 

अल्पकालिन आदेशलाई निरन्तरता दिन सर्वोच्चले अस्विकार गरेसँगै महानगरले थालेको काम जायज रहेको पुष्टि भएको छ । महानगरले दुबै भवन गएको साउनको पहिलो साता हटाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०७:१०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय