सयुँक्त विद्यार्थी संगठनले आन्दोलनलाई निरन्तरता दिने

सिमराबाट पक्राउ परेका विद्यार्थी नेता रिहा

वीरगञ्ज । वीरगञ्जमै परीक्षा केन्द्र हुनुपर्ने माग गर्दै प्रदर्शन गर्दा पक्राउ परेका विद्यार्थी नेताहरु रिहा भएका छन् । ईलाका प्रहरी कार्यालय सिमराले सिमरा कलेजबाट नियन्त्रणमा लिएका ७ जना विद्यार्थी नेताहरु मंगलवार साँझ रिहा भएका हुन् ।

National medical suchna

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा केन्द्र बाराका कलेजमा परेपछि आन्दोलनरत नेपाल विद्यार्थी संगठन क्याम्पस ईकाईका सभापति रमेश यादव, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष मिरोज अहमद, अनेरास्ववियुका केन्द्रीय सदस्य एवम्

पर्सा जिल्ला ईन्चार्ज रेयाज अन्सारी, समाजवादी विद्यार्थी संगठनका सागिर अली, अनेरास्ववियु क्याम्पस ईकाई कमिटीका उपाध्यक्ष अर्मान हास्मी, कमलेश यादव र बिशाल पटेल रिहा भएको अनेरास्ववियु वीरगञ्ज महानगर कमिटीका अध्यक्ष आशिफ अहमदले जानकारी दिए ।

परीक्षा केन्द्र नसरेसम्म आन्दोलनलाई निरन्तरता दिने अध्यक्ष अहमदले बताए । उनकाअनुसार सयुँक्त विद्यार्थी संगठनले संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको छ । 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय