चोरी पैठारी

पर्सा प्रहरीद्वारा भन्सार छलीका साढे ४ लाखको चकलेट बरामद

बिहीबार, साउन २५, २०८०

वीरगञ्ज - भारतबाट भन्सार छली चोरी पैठारी गरी भित्रयाईएको विभिन्न ब्रांडका चकलेट पर्सा प्रहरीले बरामद गरेको छ। 

National medical suchna

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरञ्ज महानगरपालिका वडा नं.७ कुम्हालटोल स्थितमा एक घरमा कोठा भाडामा लिई अनाधिकृतरूपमा भण्डारण गरेको ७४ कार्टुन विभिन्न ब्रांडका चकलेट बरामद भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।

चकलेटको बजार मुल्य ४ लाख ४९ हजार ४० रूपैया रहेको पर्सा प्रहरीले जनाएको छ ।

बरामद चक्लेटहरूलाई  थप अनुसन्धान तथा कारवाहीको लागी  वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय