राजनीति

नेविसङ्घको केन्द्रीय सदस्यमा मनोनीत हुसेनले दिए राजीनामा

बिहीबार, साउन २५, २०८०

वीरगञ्ज । नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ ( नेविसङ्घ) को केन्द्रीय सदस्यमा पर्साबाट मनोनीत भएका नौ जनामध्ये साबिर हुसेनले केन्द्रीय सदस्य पद अस्वीकार गर्दै राजीनामा दिएका छन् ।

National medical suchna

नेपाली विद्यार्थी सङ्घ पर्साका पूर्व उपाध्यक्ष समेत रहेका हुसैनले नेविसङ्घ विधान विपरीत केन्द्रीय सदस्यमा आफूलाई मनोनीत गरिएको भन्दै राजीनामा दिएका हुन् । 

नेविसङ्घको विधानमा ३२ वर्षको उमेर हद तोकिएकोमा आफ्नो उमेर त्यो भन्दा बढी रहेकाले उमेर हद्दका कारण आफूले उक्त पद अस्वीकार गरेको हुसैनले राजीनामा पत्रमा जनाएका छन् ।

गत सोमबार काङ्ग्रेस सभापति शेर बहादुर देउवाले पर्साबाट हुसेनसहित नौ जनालाई नेविसङ्घको केन्द्रीय समिति सदस्यमा मनोनीत भएका थिए ।

पर्साबाट नेविसङ्घको केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा हुसेनसँगै मुनराज तिवारी, विकेश पटेल, सुरेन्द्र लामिछाने, राजेश पटेल, सुदीप साह, नेहा मिश्र, युसुप अहमद र त्रिलोक्य साह रहेका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०९:१५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय