शिक्षा

मधेश लोकसेवा तयारी केन्द्रको उप-मेयर इम्तियाज आलमद्वारा उद्घाटन

बुधबार, साउन २४, २०८०

वीरगञ्ज - गुणस्तरीय शिक्षा दक्ष जनशक्ति बाट प्रशिक्षण दिने उदेश्यले खोलिएको मधेश लोकसेवा तयारी केन्द्रको आज बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले उद्धाटन गरेका छन । 

National medical suchna

केन्द्रको उद्धाटन गर्दै उप-मेयर आलमले मधेस लोक सेवा तयारी केन्द्रले विद्यार्थीहरुको भविष्य बनाउने एउटा महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्ने आशा आफूले लिएको बताए ।

लोक सेवा आयोग लगायत अन्य सरकारी सेवा आयोगमा बिद्यार्थीहरुको चासो बढदै गएकोले सुलभ शुल्कमा सबैको शिक्षामा पहुँच हुने मनसायले पठन पाठन गराउन उनले मधेश लोकसेवा तयारी केन्द्र संग आग्रह गरे ।

मधेश लोकसेवा तयारी केन्द्रले लोक सेवा आयोग, शिक्षक सेवा आयोग, बैकिङ्ग तयारी कक्षाहरु, सुरक्षा निकाय, कम्प्युटर कक्षा, प्राविधिक सेवा लगायत अन्य विभिन्न कोर्सहरु पढाउने निर्देशक शेष कुमार हजराले बताए । 

उद्धघाटन कार्यक्रममा नेपाली कांग्रेसका २६ २७ र २८ नं का वडा अध्यक्षहरु तथा विभिन्न कलेजका बिद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय